काठमाडौं । नेपालमा १० जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको छ । देशभर अहिलेसम्म १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको हो ।
हैजा संक्रमणम हुनेमा ललितपुरका सात र कैलालीका तीन जना गरि १० जनामा पुष्टि भएको हो
पातलो तथा चौलानी पानी जस्तो दिशा, वाकवाकी र बान्ता हुने, आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, धेरै तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने जस्ता लक्षण देखिएमा हैजा हुन सक्ने महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया