कर्णालीमा गत आर्थिक वर्ष दुई करोड भन्दा बढी राजस्व सङ्कलन

लोकपथ
77
Shares

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८०–८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काक्रेबिहारबाट ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार चार सय १७ राजस्व सङ्कलन गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख‘ भ्यूटावर’बाटसङ्कलन भएको राजस्व यसमा समावेश भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?