शेयर बजारमा उछाल, ११३ अंकले बढेर बन्द भयो बजार

लोकपथ
98
Shares

काठमाडौं । आइतबार शेयर बजारमा उछाल आएको छ ।

धितोपत्र बोर्डको शेयर बजार मापक नेप्से परिसूचक १ सय १३ दशमलव ४२ अंकले बढेर बजार बन्द भएको हो ।

नेप्सेका अनुसार आज ४ दशमलव ४१ प्रतिशतले बजार बढ्दै २ हजार ६ सय ८१ दशमलव ५६ मा पुगेर बजार बन्द भएको हो ।

त्यस्तै आज कुल १५ अर्ब, ८ करोड, १५ लाख, ९६ हजार २ सय ३५ दशमलव ४५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता शेयर कारोबारमा आएको नेप्सेले जनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक भएको थियो । त्यसपछिको पहिलो कारोबार दिन शेयर बजारमा कारोबारको सुरुमै ४ प्रतिशत बजार बढेपछि कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो । तर बजार खुलेको केही बेरमा नै पुनः १ प्रतिशतले बजार बढेपछि पुनः कारोबार ४० मिनेटका लागि रोकिएको थियो । दुईपटक सकारात्मक सर्किट लागेको बजारमा उछाल आएको हो ।

आज कारोबारमा आएकामध्ये कुमारी बैंकको सबैभन्दा धेरै ३६ करोड १० लाख रुपैयाँ बरारबरको १७ लाख ६ हजार ५८२ कित्ता शेयर ३ हजार ४९४ पटकमा खरिद बिक्री भएको छ । त्यस्तै सबैजसो वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको आइतबारको बजारमा कुल २२ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?