काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपकबहादुर सिंहले स्थानीय तहमा अधिकार प्रत्यायोजन गरेपछि राजमार्गहरु अस्तव्यस्त भएको टिप्पणी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । गाउँगाउँको सर्वे नगरिकन सडकहरु बनाउँदा राजमार्गहरु अस्तव्यस्त भएको बताए । उनले ‘गाउँगाउँमा सिंहदरबार’ पुगेपछि नै राजमार्गहरु अस्तव्यस्त भएको जिकिर गरे ।
‘धेरै जस्तो राजमार्गहरु अस्तव्यस्त राजमार्गहरु वर्षाको कारणले मात्र भइराखेको छैन । सिंहदरबार गाउँगाउँमा पुगेको कारणले गर्दा हुन गइराखेको छ । गाउँगाउँको कुनै पनि सर्वे नगरिकन मेयर, वडाध्यक्ष, जेसिबीको अपरेटर, यी तीन जनाले गाउँगाउँमा जथाभावी बाटो खनेको कारणले न नाली छ न वालै छ, केही छैन । त्यसकारण राजमार्गमा ठुलाठुला पहिरोको कारणले दुर्घटना बढिराखेको छ । र गाउँबस्तीमा पनि ठुलठुला पहिरोले तहसनहस र जनधनको ठुलो क्षति भइरहेको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया