काठमाडौं । पुरानो रिसिईबीका कारण छिमेकीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–२ मङ्गलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीया सुरजी मुखिया र उनको छोरा २१ वर्षीय नागेश्वर कुमार मुखियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले पुरानो रिसिईबीको कारण भोगेन्द्र र उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुरलाई कुटपिट गर्दा गम्भीर घाइते बनाएका थिए । दुवैको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । सो क्रममा भोगेन्द्रको मृत्यु भएको हो ।
साथै कुटपिटबाट घाइते भएकी श्यामुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया