के छ खिरको महत्व ?

लोकपथ
420
Shares

काठमाडौं । आज साउन १५ अर्थात् खिर खाने दिन ।

आजको दिन विभिन्न कार्यक्रमको आयोजना गरी खिर भएर साउन १५ मनाइन्छ ।

परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।

कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ ।

साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ ।

वर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खिर खानु उचित मानिने आयुर्वेदिक चिकित्सकहरुको तर्क छ ।

चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो ।

लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको बताइन्छ ।

नेपालमा मात्रै नभएर भारतमा पनि साउन महिनामा खिर खाएमा धेरै शुभ हुने मान्यता रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?