बासी खाना बिक्री गर्ने धादिङको न्यू रिया होटललाई दुई लाख जरिवाना

लोकपथ
7
Shares

काठमाडौं । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालीका -८ स्थित न्यू रिया होटललाई दुई लाख जरिवाना लगाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ (क)बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ)बमोजिम कसुरमा दफा ३९ उपदफा १(ख) बमोजिम दुई लाख जरिवाना लगाएको हो ।

आइतबार बिहान उपभोक्ताहरुले न्यू रिया होटलले बासी सडेगलेको खानेकुरा बिक्री गरिरहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ खानीखोलाका प्रहरी टोली होटलमा पुगेको थियो ।

समोसा तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका सञ्चालक नुवाकोट शिवपूरी गाउँपालिका -८ घर भएका ३९ वर्षीय राजेश पाठकलाई पक्राउ गरेको थियो । एकसाता भित्र तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सक्ने जिल्ला अनुगमन समितिले जनाएको छ ।

जरिवानमा परेको होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको भान्छा र बाहिरी सरसफाइमा ध्यान दिन कामदारलाई अनिवार्य माक्स प्रयोग गराउन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?