काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंदरबारस्थित नवनिर्मित संसद् भवनको अवलोकन गरेका छन् ।
मंगलबार बिहान मन्त्रालयका सचिवसहितको टोलीले संसद् भवनको अवलोकन गरेका हुन् ।
३ वर्षमा उक्त भवन निर्माण गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माणमा भएको ढिलासुस्ती भएको बताए ।
साथै उक्त भवनको निर्माणलाई तिव्रता दिनका लागि सरकारी तवरबाट के गर्न पर्ने हो तयार रहेको बताउँदै छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नका लागि निर्देशन दिए ।
भवन निर्माणको सम्झौता ९ महिनामा सकिने भन्दै उनले त्यसको निर्माण सो अवधिभित्र सक्नेगरी कामको प्रवन्ध गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया