काठमाडौं । भारतको केरलमा पहिरो जाँदा एक नेपालीसहित ३६ जनाको मृत्यु भएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको हो ।
पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरुमा पहिरोले धेरै प्रभाव पारेको छ । उद्धारको लागि केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उदुधारकर्मीको टोली पनि खटिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरु प्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। केरलमा मंगलबार पनि भारी वर्षा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया