भारतको वायनाड पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो

लोकपथ
1.4k
Shares
फाइल तस्बिर

काठमाडौं ।  भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ ।

पहिरोमा परी घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लगाातारको मनसुनी वर्षापछि मंगलबार राति पटक पटक गएको पहिरोका कारण वायनाड जिल्लाका विभिन्न क्षेत्रमा ठुलो धनजनको क्षति भएको छ ।

पहिरो प्रभावित क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेका कारण उद्धार तथा राहत प्रभावित भएको छ ।

त्यसैगरी, अविरल वर्षाका कारण आएको पहिराले पुल बगाएपछि सेनाले अस्थायी पुल प्रयोग गरी एक हजारभन्दा बढीको उद्धार गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?