कुमारी बैंक, डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबीच सम्झौता

लोकपथ
42
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटारमा डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट, क्रेडिट कार्ड अथवा क्यूआरद्वारा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?