विधेयकहरुलाई समितिबाट चाँडो पारित गरेर सदनमा लान सभामुखको निर्देशन

लोकपथ
70
Shares


काठमाडौं ।
सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनमा लैजान निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारमा भएको सभामुख र समिति सभापतिबीचको छलफलमा सभामुखले समितिलाई प्रभावकारी बनाउन र छिटोभन्दा छिटो विधेयकहरु पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिएका हुन् ।

उनले भने, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पु¥याउ भन्ने निर्देशन दिएको छ ।’

यस्तै, उनले छलफलमा आर्थिक समस्याको कुरा पनि उठेको भन्दै सभामुखले पहिलो वर्षभन्दा यसपालि रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको बताए ।

छलफलमा लगातार संसदको बैठक बसेपछि समितिको बैठक बस्न गारो हुने हुदाँ एकदिन सदनको बैठक र अर्को दिन समिति बैठक राख्ने भन्ने सुझाव पनि आएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?