साताको अन्तिम कारोबार दिन घट्यो शेयर बजार, कारोबार रकम उच्च

लोकपथ
532
Shares

काठमाडौं । केही दिनदेखि निरन्तर उकालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन भने गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक ५ दशमलव २९ अंकले गिरावट आएको हो ।

कुल शून्य दशमलव १९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ७ सय ५५ दशमलव ६२ बिन्दुमा बजार रोकिएको छ ।

आज कुल ५ करोड १३ लाख, २१ हजार ६ सय २९ कित्ता शेयरको किनबेच भयो । आज बजार घटे पनि कारोबार रकम भने उच्च रहेको छ ।

आज २१ अर्ब ७१ करोड, ३४ लाख ३१ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये ७४ कम्पनी नाफामा, १६४ कम्पनी घाटामा र २ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि घटबढ भएको छैन ।

एशियन लाइफ इन्स्योरेन्स, बेस्ट फाइनान्स, बोटलर्स नेपाल (बालाजु), नागरिक लगानी कोष लगायतका कम्पनीहरुको शेयरमा हरियाली छाएको छ । त्यस्तै आरम्भ चौतारी लघुवित्त, कृषि विकास बैंक, एसियन हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ ।

आज एचआईडीसीएल, एनएचडीएल, शुभम पावर लिमिटेड लगायतका लगानीकर्ताहरुले नाफा कमाउन सफल भएका छन् भने पीएचसीएल, रसुवागढी हाइड्रो लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?