महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने

लोकपथ
119
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ ।

महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अपार्टमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोड सम्मको कर्जा प्रदान गर्नेछ ।

साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधि सम्मको लागि व्यवसायिक कर्जा प्रदान गर्नेछ । विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ,सो बराबरको कर्जा प्रदान गर्नेछ ।

ग्राहकले यस अन्तर्गत ३ करोड सम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेसन मुल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गर्ने बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?