काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् ।
चौधरीले मुख्यमन्त्री सोडारीलाई आफ्ना स्वकीय सचिव भक्त चलाउनेमार्फत राजीनामा पत्र पठाएका हुन् ।
गत वैशाख ६ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त भएपछि सोही दिन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का चौधरी पनि मन्त्री नियुक्त भएका थिए ।
राजीनामा बुझाउँदै चौधरीले सोडारी नेतृत्वको सरकारमा सहभागि भएर काम गर्दा सहज भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
‘संविधानको धारा १६८ को उपधारा २ को खण्ड क बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्य र भौतिक पूर्वाधार विकासमन्त्रीको पदबाट राजीनामा दिएको सदर जानकारी गराउँदछु,’ चौधरीले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘तपाईँको नेतृत्वको सरकारमा रही महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न पाउँदा सुखद अनुभव रहेको हुँदा धन्यवाद ज्ञापन गर्दैछु ।’
केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि अल्मतमा परेको मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदैछन् । उनले अहिलेको अवस्थामा विश्वासको मत पाउने सम्भावना देखिँदैन । उनले भोलिको प्रदेशसभा बैठकमा नै राजीनामा दिने तयाारी गरेको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया