सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ५० हजार

लोकपथ
980
Shares

काठमाडौं । शुकबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला सुन १ लाख ४९ हजार ४ सय रुपौयाँमा कारोबार भएको छापावाल सुन आज ५०० सय रुपैयाँले बढेर १ लाख ४९ हजार ९ सय रुपौयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै , आज तेजावी सुन प्रतितोल १ लाख ३७ हजार ९ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

यसैगरी, आज चाँदीका मुल्य भने घटेको छ । बिहीबार १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?