कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

लोकपथ
420
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।

आज बसेको बोर्ड बैठकले परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको हो ।

केहीबेरअघि परीक्षाफल प्रकाशित भएको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले लोकपथलाई जानकारी दिए ।

‘बोर्डको बैठक बसेर केहीबेरअघि परीक्षाफल प्रकाशित गरिएको छ,’ उनले भने ।

उनका अनुसार सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । तर परीक्षामा सहभागिमध्ये ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी) अर्थात् अनुत्तीर्ण भएका छन् ।

गत वैशाख १२ देखि २४ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

कक्षा १२ को परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।

त्यसैगरी ग्रेड वृद्धितर्फ १ लाख छ सय ५० विद्यार्थी सहभागी रहेका थिए ।

देशको ७७ वटै जिल्लामा ५२५ परीक्षा केन्द्र रहेको थियो भने जापानमा समेत एउटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा १२ परीक्षाफल प्रकाशित गरिएको हो ।

परीक्षाफल प्रकाशित भएपछि विभिन्न तरिकाबाट नतिजा हेर्न सकिन्छ । नेपाल टेलिकमका अनुसार आईभीआर, एसएमएस तथा वेबसाइटबाट समेत परीक्षाको नतिजा हेर्न सकिनेछ ।

यसरी हेर्न सकिन्छ नतिजा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?