सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले आज राजीनामा दिने

लोकपथ
182
Shares
फाइल तस्बिर

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रवार राजीनामा दिने भएका छन् । विश्वासको मतका लागि आज दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा सम्बोधन गरेपछि राजीनामा दिने उनी निकट व्यक्तिको भनाइ छ । तर, आजको बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले अनुपस्थित हुने सम्भावना न्यून छ ।

कांग्रेस–एमाले अनुपस्थित भएको खण्डमा पत्रकार सम्मेलनमार्फत् आफ्ना कुरा राख्ने र त्यसपछि राजीनामा दिने तयारी छ । प्रदेशसभाका सभामुख भीम भण्डारीका अनुसार, गणपूरक संख्या पुगेको खण्डमा भने बैठक बस्ने छ । गएको असार २० मा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सोडारीले अल्पमतको सरकार चलाउँदै आएका छन् ।

सोडारी एकीकृत समाजवादीका हुन् । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको एक महिनाभित्र संसदमा बहुमत सिद्ध गरिसक्नुपर्छ । नभए सरकार ढल्छ । ठूला दल कांग्रेस–एमाले नै नयाँ सरकार बनाउन लागेकाले उनले विश्वासको मत पाउने सम्भावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?