कक्षा १२ को परीक्षामा हेराल्ड इन्टरनेशनल कलेजका सविन कटवालले गरे ‘नेपाल टप’

लोकपथ
798
Shares

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षामा हेराल्ड इन्टरनेशनल कलेजका विद्यार्थीले ‘नेपाल टप’ गर्न सफल भएका छन् ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार काठमाडौंको बसुन्धरामा रहेको हेराल्डबाट सहभागि सविन कटवालले नेपाल टप गरेका हुन् ।

उनले ३ दशमलव ९६ जीपीएसहित नेपाल टप गर्न सफल भएको कलेजका निर्देशन अशोक पाण्डेले जानकारी दिए । हेराल्ड विद्यार्थीहरुको रोजाइमा पर्दै आएको र प्राप्त नतिजाले थप उत्साह थपिएको उनले बताए ।

आज सार्वजनिक भएको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन् । परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२.९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

सबैभन्दा बढी २.८१ देखि ३।२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन् । उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ । २.४१ देखि २।८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३।२१ देखि ३.६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेको परीक्षा बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?