काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौंमा नै अवतरण गरिएको छ ।
उडान नं ६५५ अन्तर्गत 9N-AMD कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएको हो ।
बुद्ध एयरले सूचना जारी गर्दै काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा समस्या देखिएपछि अवतरण गरिएको जनाएको छ । साथै उक्त जहाजमा रहेका यात्रुहरुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ ।
‘काठमाडौंबाट पोखरा उडान नं. 655, कल साईन 9N-AMD मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको छ,’ बुद्ध एयरले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया