काठमाडौं । रोल्पामा पहिरोले घर पुरिएर बेपत्ता दुई जनाको शव भेटिएको छ ।
पहिरोले पुरिएर बेपत्ता भएका ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनारको शव फेला परेको हो ।
प्रहरीका अनुसार शुक्रबार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको थियो । पहिरोले घरसँगै हजुरआमा र उनका नातिनीलाई पुरेको थियो ।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति १० बजेतिर जानकारी गराएका थिए। सूचना पाउनासाथ प्रहरी घटनास्थल पुगेका थिए।
वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको छ। उक्त ठाउँमा नेटवर्कसमेत नभएकाले उद्धारमा समस्या भएको प्रहरीले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया