सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या १५ लाख नाघ्यो, तर निष्क्रिय धेरै

लोकपथ
0
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएपनि त्यसलाई निरन्तरता नदिएको पाइएको छ । कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन् ।

श्रम स्वीकृती लिएर जानेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या १० लाख नाघेको छ । कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्यांकले देखाउँछ । कोषमा दुई अर्ब ३२ करोड ७१ लाख ५१ हजार रकम जम्मा भएको देखिन्छ ।

कोषका अनुसार कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आवद्ध छन् । जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना रहेको छ भने औपचारिक क्षेत्रका पाँच लाख १६ हजार ७७७ जना आवद्ध भएका छन् । तर कोषमा हाल जम्मा भएको रकम हेर्दा कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारीमा जानेलाई यसको फाइदाबारेमा जानकारी दिन नसकेकाले पनि यसमा निरन्तरतामा समस्या भएको हुन सक्ने कोषले जनाएको छ । तर अब यसलाई अभियानकै रुपमा अघि बढाउन लैजान विभिन्न कार्यक्रम अगाडि सारिएको कोषले जनाएको छ ।

वैदेशिक रोजगारीमा नयाँ जाने श्रमिक श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आवद्ध हुने गरेका छन् । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृती लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुनसक्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?