काठमाडौं । प्रसिद्ध शास्त्रीय संगीत साधक एवं गायक गुरुदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आज आइतबार राष्ट्रिय झन्डा आधा झुकाएको छ ।
गायक कामतको निधनमा शुक्रबार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सतिषकुमार सिंहले आइतबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जनाएका थिए । सोहीअनुरुप आज राष्ट्रिय झन्डा आधा झुकाइएको हो ।
सिराहाको पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको ६९ वर्षको उमेरमा निधन भएको थियो । मिर्गौला फेल भएकाले फेर्न चिकित्सकले सुझाव दिए पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि उनी काठमाडौंबाट घर फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया