माग सुनुवाइ नभएको भन्दै स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित

लोकपथ
161
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरु माग सुनुवाइ नभएको भन्दै आन्दोलमा उत्रिएका छन् । बोर्डका कर्मचारीले शुक्रबारदेखि कामकाज ठप्प पारेर आन्दोलमा उत्रिएका हुन् ।

बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजाल करारका कर्मचारीहरू माथि दुर्व्यहार गर्दै आएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काजफिर्ता नगरेकाले कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बोर्डका कर्मचारीले कार्यकारी निर्देशकलाई गत साउन ३ गते पत्र लेख्दै १५ दिनभित्र रिजालको काजफिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

रिजालले कर्मचारीलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने, जागिर खाइदिन्छु भनी धम्काउने, अपशब्द बोली कर्मचारीलाई मानसिक तनाव दिने गरेको आन्दोलित कर्मचारीहरुले आरोप लगाएका छन् ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले कर्मचारीले उठाएको विषय सोमबार समधान गर्ने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?