काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले बर्दियाको मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठलाई आइतबार बिहान पक्राउ गरेको हो ।
जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलमा कालो झोला बोकी सडक छेउमा उभिरहेकी श्रेष्ठलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया