काठमाडौं । आज बिहान मर्निङ वाकमा रहेका व्यक्तिलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।
नारायणगढस्थित नारायणी किनारमा बाघले मर्निङ वाकमा रहेका त्यहाँका स्थानीय पशुपति श्रेष्ठमाथि आक्रमण गरेको थियो । आक्रमणमा परि घाइते श्रेष्ठको उपचार भइरहेको छ । उनको शरिरका ३ वटा हड्डी टुटेको थियो भने ५ वटा दाँत झरेको थियो ।
उक्त बाघलाई ड्रोन र हात्तिको माध्यमबाट खोजी गरिएको थियो । झाडीमा लुकेर बसेको उक्त बाघले पटकपटक हात्तिलाई समेत आक्रमण गरेको थियो । हात्तिले घेरा हालेर आइतबार साँझ डार्ट गरेर बाघलाई नियन्त्रणमा लिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया