आगामी तीन दिन कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

लोकपथ
11.3k
Shares

काठमाडौं । नेपालमा मंगलबार र बुधबार देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दिन दिनको मौसम पूर्वानुमान गर्दै सो कुरा जानकारी गराएको हो ।

महाशाखाले दुई दिन मौसम सक्रिय रहने भएकोले वर्षापछि बाढी पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

त्यस्तै सो अवधिमा भू–क्षय, बाढीपहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ । साथै ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता र पूर्व तयारी अवस्थामा रहनका लागि आग्रह समेत गरेको छ ।

त्यस्तै देशका विभिन्न ४० जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै ३६ जिल्लामा मध्ययम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?