प्रहरीका एआईजीहरुको सरुवाको तयारी : सीआईबीमा दीपक थापा, अन्यको कहाँ ?

लोकपथ
469
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरूको सरुवा र पदस्थापन गर्ने तयारी गरेको छ ।

सरकारले तीन एआईजीको सरुवा र एक जना एआईजीको पदस्थापनको तयारी गरेको हो ।

सम्भवतः आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले एआईजीको सरुवा र पदस्थापन गर्ने भएको छ ।

स्रोतका अनुसार, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रमुख दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिने भएको छ ।

थापाको ठाउँमा प्रहरी प्रधान कार्यालय कार्य विभागमा रहेकी किरण बज्राचार्यलाई सरुवा गरिने भएको छ ।

यस्तै, सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा गरिने भएको छ ।

यस्तै, केही दिनअघि मात्रै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन गरिने भएको छ ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एआईजी सरुवासम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?