काठमाडौं । अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू) ले चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङ ल्हामु शेर्पाको नामबाट नामकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यो कुराको घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामू’ नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको हो ।
सगरमाथा आरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्त्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ‘यूएस जिओलोजिकल सर्भे ९यूएसजीएस० ले ‘ल्हामू क्रेटर’ नामकरण गरेको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत दूतावासले भनेको छ, ‘पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ ।’दूतावासले ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको विरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ’ भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया