काठमाडौं । गएरातिदेखिको निरन्तरको अविरल वर्षापछि देशभरको जनजीवन प्रभावित हुन पुगेको छ ।
वर्षाका कारण काठमाडौं उपत्यकाका बस्तीहरु समेत डुबानमा परेका छन् । काठमाडौंका बागमती, विष्णुमती लगायतका नदीहरुले आफ्नो तह पार गरेर सडकमा उक्लिँदै आफ्नो फैलावट बस्तीसम्म फैलियो ।
काठमाडौंबाट चोभार हुँदै दक्षिणतर्फ बग्ने बागमतीको बाढी हेर्न सयौँको संख्यामा नागरिकहरु त्यहाँ पुगेका छन् ।
मंगलबार दिउँसो जलविनायक मन्दिर परिसर, मन्जुश्री पार्क लगायतका स्थानबाट त्यहाँको बाढी हेर्न धेरै व्यक्तिहरु उपस्थित रहेका थिए । त्यहाँ बाढी हेर्न पुगेका कतिपयले त उर्लिदो भेलमा ज्यानको प्रवाह नगरी सेल्फी समेत खिचिरहेका देखिन्थे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया