काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न षड्यन्त्र रचेको आरोपमा एक जना पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ४६ वर्षीय आसिफ मर्चेन्ट छन् ।
बीबीसीका अनुसार ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोपमा मर्चेन्टलाई पक्राउ गरिएको हो । मर्चेन्टलाई हाल न्युयोर्कमा राखिएको छ । मर्चेन्टको इरानसँग सुमधुर सम्बन्ध रहेको बताइएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्र इरानसँग जोडेका छन् ।
ट्रम्पको केही दिनअघि चुनावी सभामा हत्या प्रयाससमेत भएको थियो । एक २० वर्षीय युवकले उनीमाथि निशाना लगाए पनि ट्रम्प बालबाल बचेका थिए । कानै छेउबाट गोली जाँदा उनी रक्ताम्मे बनेका थिए । ती युवकको गोली प्रहारबाट सभामा सहभागी एक जनाको मृत्यु भएको थियो । गोली हान्ने व्यक्तिलाई सुरक्षाकर्मीले मारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया