काठमाडौं । सरकारले नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि जाँचबुझ आयोग बनाएको छ ।
आज बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन भएको हो ।
त्यस्तै इलेक्ट्रिकल इन्जिनियर विष्णु बस्नेत र इलेक्ट्रिकल इन्जिनियर तमुजा पोखरेल जाँचबुझ आयोगको सदस्य रहने सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
आज दिउँसो एयर डाइनोष्टिकको हेलिकप्टर दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित ५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने अन्य सबै चिनियाँ नागरिक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया