काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्सलाई पक्राउ गरेको हो ।
ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार दोहाबाट कतार एयरवेजमार्फत काठमाडौं आएका भाल्टर्स विशेष सुचनाका आधारमा पक्राउ गरिएको हो ।
उनले भने, ‘दोहाबाट कतार एयरवेजमार्फत काठमाडौँ आएका भाल्टर्सलाई हाम्रो टोलीले आज छ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया