काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न आज बिहीबार बिहान ११ बजे संसद्को कानुन तथा मानवअधिकार समितिको बैठक बस्दैछ । विधेयकलाई निष्कर्षमा पु-याउन बैठक बोलाइएको हो ।
सो विधेयक २५ फागुन २०७९ प्रतिनिधिसभा दर्ता भएको थियो । सो विधेयक कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ । कार्यदलले जुटाएको सहमति कानुन मन्त्रालयले सो समितिमा पेश गर्ने र छलफल सकेर आजै पास गर्ने तयारी सरकार र दलहरूको छ ।
विधेयकमा सहमति जुट्न नसकेको विषयमाथि छलफल र सहमति गर्न असार १३ गते ३ सदस्यीय कार्यदल गठन गरेको थियो । समितिमा कांग्रेस, एमाले र माओवादीका नेता सदस्य थिए । कार्यदलले चारवटै विवादित विषयमा सहमति जुटाएर बुधबार प्रतिवेदन बुझाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया