त्रिविमा प्रथम वर्षको स्नातक तहको भर्ना खुल्ला

लोकपथ
35
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षको लागि भर्ना खुलेको छ । यस सम्बन्धित सबै संकाय–अध्ययन संस्थान, क्याम्पस तथा विद्यार्थीहरुलाई जानकारी गराउँदै त्रिविले सूचना प्रकाशित गरेको हो ।

शैक्षिक वर्ष २०८१–०८२ को लागि मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरुमा विद्यार्थीहरुलाई भर्नाको लागि आवहान गरेको हो ।

विद्यार्थीहरुले भर्नाको लागि आवेदनको फाराम साउन २८ गतेदेखि भाद्रसम्ममा बुझाइ सक्नुपर्ने छ भने कक्षा सञ्चालन असोज देखि हुने सूचनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?