धुलिखेल अस्पतालको नवनिर्मित वार्ड भवन उद्घाटन

लोकपथ
70
Shares

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा रहेको धुलिखेल अस्पतालको नवनिर्मित वार्ड भवनको उद्घाटन भएको छ ।

बुधबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले उक्त भवनको उद्घाटन गरेका हुन् ।

उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ४ करोड २६ लाख आर्थिक सहयोगमा निर्माण गरिएको थियो ।

भवन उद्घाटन समारोहमा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठ, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको थियो । दुई देशका सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।

उद्घाटन समारोहमा बोल्दै धुलिखेल नगरपालिकाका मेयरअशोक कुमार ब्यान्जु श्रेष्ठ, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरीय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यी मध्ये काभ्रे जिल्लाका ७ वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरु रहेका छन् ।

यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको जनाइएको छ ।

त्यसमध्ये काभ्रे जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्ससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ जसमा भारत सरकारले सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स (एड्भान्स लाइफ सपोर्ट) उपहारस्वरुप प्रदान गरेको थियो । यस एम्बुलेन्सले स्वास्थोपचारमा पहिलो सेवा दिदै आकस्मिक स्वास्थ्य सेवाको लागि महत्वपूर्ण योगदान पुऱ्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?