जापानमा शक्तिशाली भूकम्प

लोकपथ
917
Shares

काठमाडौं । बिहीबार दिउँसो जापानमा शक्तिशाली भूकम्प गएको छ ।

जापानको सरकारी समाचार संस्था एनएचके ले दक्षिणपश्चिम भूभागमा ७ दशमलव १ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जनाएको छ ।

एनएचकेका अनुसार जापानको दक्षिणपश्चिम क्षेत्र अन्तर्गत मियाजाकी, कोची, ओटा, कागोशिमा र एहिमे प्रान्तका लागि सुनामीको चेतावनी दिइएको छ ।

जापान भूकम्पीय जोखिम रहेको देश मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?