नेपालको हवाई सुरक्षा कमजोर रहेको निष्कर्ष : छानबिन समितिको प्रतिवेदनको खोजी

लोकपथ
21
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा कमजोर रहेको भन्दै त्यसको छानबिनका लागि निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले नेपालमा हवाई दुर्घटनापछि छानबिन समिति बन्ने गरे पनि त्यसबाट आएको सुझाव कार्यान्वयन हुन नसक्दा दुर्घटना थप बढिरहेको भन्दै सुधारका लागि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै यसअघि छानबिन समितिले दिएको सुझाव कार्यान्वन भए नभएको सम्बन्धमा १५ दिनभित्र १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिश गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘पछिल्लो समयमा निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटना पिच्छे छानबिन समितिहरु बन्ने गरेका भएता पनि समग्र हवाई सुरक्षाको सु्धार नआउनुको सट्टा झन कमजोर बन्दै गइरहेको देखिएकाले नेपालको हवाई सुरक्षा, सुरक्षा मापदण्डको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धी कानुन एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए नभएको सम्बन्धमा १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिश गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने,’ बैठकको निर्णयमा भनिएको छ ।

त्यसैगरी यसअघिका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदल मार्फत पेस भएका अध्यय प्रतिवेदनको अवस्थाबारे जानकारी दिन समेत निर्देशन दिएको छ ।

गत असार ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको हवाई दुर्घटना भएको थियो । १८ जनाको ज्यान जानेगरी भएको हवाई दुर्घटनाको घाउ सेलाउन नपाउँदै बुधबार नेपालमा थप अर्को दुर्घटना भयो । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको ज्यान गएसँगै नेपालको हवाई सुरक्षामाथि थप चुनौती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?