काठमाडौं । प्युठानको प्युठान नगरपालिका–७ मा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ ।
प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५औँ शाखा सञ्चालमा आएको हो । शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया