हस्तक्षेपकारीे नीति नहुँदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन् : मन्त्री भट्टराई

लोकपथ
105
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिले हस्तक्षेप गर्ने ठाँउमा नेतृत्व र दलको व्यक्तिले हस्तक्षेप बढि गरेको बताएकी छन् ।

शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको पाँच औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा उनले नीतिमा टेकेर काम गर्ने अवस्था नआए सम्म स्वचालित भन्ने भाषण र भाषा मात्र हुने बताईन् ।

उनले भनिन्, ‘हरेक क्षेत्र आफंैमा सबल र स्वचालित हुनुपर्छ भनेर भन्छाैं भने त्यो क्षेत्रका नीति र कानून चाहिन्छ । यसको साथै त्यसलाई परिचालन गर्नका लागि राजनीतिक संयन्त्र र नेतृत्वहरु सशक्त र क्रियाशिल हुनुपर्छ । तर आजसम्म हस्तक्षेपकारीे नीति नहँुदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन् । नीतिले हस्तक्षेप गर्नुपर्ने हो, नीतिले हस्तक्षेप नगरेर नेतृत्वले हस्क्षेप गर्ने वा दलको व्यक्तिले हस्तक्षेप गर्ने जुन खालको अवस्था आज देखिएको छ यसको कारण आजको परिणाम आएको हो भन्ने कुरा स्विकार गर्न सक्नुपर्छ ।’

यस्तै, उनले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्ने पनि बताइन् । उनले भनिन्, ‘हामीले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्छ । विश्वविद्यालयको अनुसन्धानलाई सरकारले गरेका कामहरुसँग जोड्न सक्नुपर्छ । विश्वविद्यालयको नीति बनाउँदा सबैभन्दा पहिला कुरा भनेको अनुसन्धान नीति कस्तो हुने त्यसले विश्वविद्यालयलाई कसरी निर्देशन गर्ने भन्ने कुरामा गम्भीर हुन आवश्यक छ ।’विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको गल्ती होईन, रोजगारीको कमि भएको पनि उनको भनाई छ ।

उनले भनिन्, ‘विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको मात्र गल्ती होईन, रोजगारीको कमि हो । यसको साथै नेपालको राजनीतिक अस्थिरताका कारण यहाँ केही हुँदैन, राजनीतिक स्थिरता नभएसम्म राम्रो शिक्षा पाउन सकिँदैन् भन्ने खालको बहस छलफल हामी जति गर्छौं त्यती नै यहाँ विद्यार्थीहरु बस्न सक्दैनन् । हामी एकातिर विश्वविद्यालयलाई राजनीतिमुक्त गर्ने भनेर भन्छौं, अर्को तिर हरेक समस्याको कारण राजनीति हो भनेर भन्छांै यो दुविधायुक्त कुराले पनि युवालाई निरुत्साहित गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?