काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उछाल आएको छ ।
आज धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ८ सय ६० दशमलव ९१ बिन्दुमा पुगेको छ । आज बजार ९४ दशमलव ५३ अंकले बजार बढेको नेप्सेले जनाएको छ । आज कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।
आज २५ अर्ब ७७ करोड, ९४ लाख, ५३ हजार ५ सय ९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यसअघि साउन २२ गते भएको कारोबारको रेकर्ड तोड्दै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । सो दिन २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।
आज कारोबारमा आएकामध्ये २२५ कम्पनीका शेयर बढेका छन्, १५ वटा कम्पनीको शेयर घटेको छ भने २ वटाको कुनै पनि परिवर्तन भएका छैनन् ।
आज नेशनल हाइड्रोपावर कम्पनी, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिक इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लगायतका कम्पनीले अत्यधिक नाफा गरेका छन् । भने कुटेली भुकारी हाइड्रो कम्पनी, सिटिजन सुपर म्यूचुअल फण्ड लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
पछिल्ला दिनहरुमा शेयर बजारमा सकारात्मक संकेत देखिएको छ । लामो समय शेयर बजार सिथिल अवस्थामा रहँदा निराश बनेका लगानीकर्ताहरु पछिल्ला दिनहरुमा भने उत्साहित देखिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया