काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
आइतबार बिहान नेपाल आइपुगेका मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटघाट गरेका छन् ।
परराष्ट्रमन्त्रालयकी सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल आइपुगेका मिस्रीले विभिन्न उच्चपदस्त व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया