सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मतका लागि आग्रह गरेका हुन् ।

साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद रहेका छन् ।

बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यस्तै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइ नजिक पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?