काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ।
कम्पनीको सञ्चालक समितिको २०८१ साउन १४ गते बसेको २०१ औँ बैठकको निर्णयानुसार आईएमईको सीईओमा फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।
उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट मिति २०८१ साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया