पोखराका स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन हुने

लोकपथ
21.2k
Shares

काठमाडौं । पोखराका स्कुल बस अबदेखि बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन हुने भएको छ ।

गत साउन १४ गते पोखरामा भएको स्कुलबस दुर्घटनाको कारण पत्ता लगाउन गठित समितिले यस्तो सुझाव दिएको हो । स्कुल बस सञ्चालानलाई सुरक्षित बनाउन समितिले बिहान साढे ८ बजेबाट मात्र बस सञ्चालन गर्ने पोखराका स्कुललाई सुझाव दिएको छ ।

यसको साथै समितिले बस चालकलाई बस चलाउदा सावधानी अपनाउन तथा ट्राफिक नियमको पालना गर्ने र बस चलाइरहेको बेलामा मोबाइलमा कुरा नगर्ने, विद्यार्थी चढ्दा र ओर्लदा विशेष ध्यानदिन पनि सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?