ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात

लोकपथ
21
Shares

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले २०८१ साल साउन १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो ।

बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरू लगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरुको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय Radiant InfoTech Nepal Pvt. Ltd. बाट उक्त डिजिटल हस्ताक्षर लिएको हो ।

डिजिटल हस्ताक्षर प्रणाली सुचारु भए पश्चात कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुने बैंकले जनाएको छ । साथै भौतिक रूपमा उपस्थित भई कागजात पेश गर्नुपर्ने बाध्यता पनि हट्नेछ ।

बैंकले भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?