काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले असार मसान्तसम्म गत आर्थिक वर्षको भन्दा झण्डै शतप्रतिशत नाफा कमाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा ६४ करोड ९४ लाख २४ हजार रुपैयाँ नाफा कमाएको हिमालयन रिइन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले बढी हो ।
यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ८२.७५ ले बढेर ५ अर्ब ४५ करोड ८४ लाख १८ हजार रुपैयाँ र कम्पनीको कमिशनबाट हुने आय ४२.०८ प्रतिशतले बढेर १ अर्ब १४ करोड ६६ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
यो कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीका अनुसार अहिले रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया