आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ५१ करोड ४५ लाख रुपैयाँ

लोकपथ
105
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बुधबार प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सो कम्पनीले आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्ममा २० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो आवको तुलनामा १४५.०४ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा कम्पनीले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा अघिल्लो आवको सोही अवधिसम्ममा ३ अर्ब ९५ करोड १९ लाख रुपैयाँ मात्र खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस्तो दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षमा भने ३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ थियो ।

गत असारसम्ममा कम्पनीले ५ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेर ५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेर ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ खर्च गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको शेयर प्रिमियमतर्फ ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषतर्फ १७ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गतर्फ १ अर्ब २ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी ५५ करोड ६० लाख रुपैयाँ सञ्चित छ । कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी बढेर १०.२९ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने यो १० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?