काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी जिकरले विश्वमै सबैभन्दा छिटो चार्ज हुने विद्युतीय सवारी साधन (ईभी) को ब्याट्री बनाएको छ ।
ईभीका लागि निर्मित यो ब्याट्री अमेरिकी विद्युतीय कारनिर्माता कम्पनी टेस्लालगायतका प्रतिस्पर्धी कम्पनीको तुलनामा छिटो चार्ज हुने कम्पनीको दाबी रहेको छ ।
बीबीसीका अनुसार, अल्ट्रा फास्ट चार्जिङको मद्दतले कम्पनीको अपग्रेडेड ब्याट्री साढे १० मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्ने कम्पनीले दाबी गरेको छ । एलन मस्कको टेस्लामा राखिएको ब्याट्रीले १५ मिनेट चार्ज गर्दा मोडल ३ ले १७५ माइल (२८२ किलोमिटर) गति दिने गरेको छ । अर्को सातादेखि जिकरको २०२५–००७ मोडलको सेडान गाडी बजारमा आउँदैछ, जुन नयाँ ब्याट्री भएको पहिलो गाडी हुनेछ ।
जिकर चिनियाँ कार निर्माता कम्पनी गिलीको सहायक कम्पनी हो । गिलीसँग बेलायतको लक्जरी स्पोर्ट्स कार ब्रान्ड लोटस र स्वीडेनको भोल्भोसहितका धेरै ब्रान्डहरू छन् । गत मे महिनादेखि जीकर कम्पनी न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत छ । जुन सन् २०२१ पछि चिनियाँ कम्पनी पहिलो अमेरिकी बजारमा प्रवेश गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया