भदौ १ देखि सुनचाँदी व्यवसायमा नयाँ आचारसंहिता

जर्ती र ज्यालाका नाममा रकम लिन नपाइने

लोकपथ
1.2k
Shares

काठमाडौं । आगामी भदौ १ गतेदेखि सुनचाँदी व्यवसायमा नयाँ व्यावसायिक आचारसंहिता लागू हुने भएको छ । सुनचाँदी व्यवसायमा आबद्ध व्यवसायीहरुको तीन वटा महासंघ सम्बद्ध पदाधिकारीहरुको पहलमा नयाँ आचारसंहिता ल्याइएको हो । सो आचारसंहिता अनिवार्यरुपमा कार्यान्वयन गर्न विज्ञप्तीमार्फत् भनिएको छ ।

‘व्यावसायिक आचारसंहिता २०८१’ नाम दिइएको सो आचारसंहित कार्यान्वयन गर्दा गहनामा जर्ती र ज्यालाका नाममा रकम लिन पाइने छैन । ‘जर्ती’ को स्थानमा ‘निर्माण क्षति’ र ‘ज्याला’ को स्थानमा ‘निर्माण शुल्क’ भन्ने शब्द राखिएको छ ।

त्यस्तै, रसायन भएका गहनामा मात्रै नभएर सादा बेरुवा प्रकृतिका रसायनविहीन गहनामा पनि एकदेखि पाँच प्रतिशतसम्म निर्माण क्षति लाग्नेछ भने एक प्रतिशतसम्म निर्माण शुल्क लाग्नेछ ।

यस्तै अब गहना खरिद गर्दा र बिक्री गर्दा क्षति बापत उपभोक्ताले १०० लालको एक तोला गहनामा १० प्रतिशतसम्म अर्थात् १० लाल सुन गुमाउनु पर्ने छ भने निर्माण शुल्कको नाममा अलग्गै रकम तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?